‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
barnanmedia.com · Wed Jun 17 23:47:05 GMT 2026

काठमाडौँ, ४ असार : चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ ।
समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ, चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँँ ।”
उहाँले अवार्डका लागि चलचित्र आह्वान गर्ने र सहभागी भएका चलचित्रलाई समीक्षकले हेरेर दिने नतिजाका आधारमा कार्यसमितिले छलफल गरेर विजेता घोषणा गर्ने गरेको स्पष्ट गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)