इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत
rajdhanidaily.com · Wed Jun 17 23:56:20 GMT 2026
काठमाडौं । पहिलो हाफमा ह्यारी केनले दुई गोल गरेपछि इङ्गल्याण्डले अन्ततः क्रोएसियालाई ४–२ ले हराउँदै टेक्सासमा ७० हजार समर्थकलाई खुशी मात्र दिएन, विश्वकपमा आक्रमण सुरुवात पनि गरेको छ ।
बिहीबार बिहानको खेलमा क्रोएसियाले मध्यान्तरअघि इग्ल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको थियो । मध्यान्तरलगत्तै जुड बेलिङ्घम र खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी मार्कस रासफोर्डले थोमस टुचेलको टोलीको लागि जीत सुनिश्चित गरे।
यो जीत इग्ल्यान्डका लागि मस्कोको पुरानो हारको बदलासमेत थियो । यसअघि मस्कोमा भएको विश्वकप सेमिफाइनल भिडन्तमा क्रोसियाले इग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो ।
खेलमा इग्ल्यान्डका लागि कप्तान ह्यारी केनले दुई गोल गरे । उनले खेलको १२ र ४२ औं मिनेटमा गोल गरेका हुन् । यस्तै दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घम र खेलको अन्त्यतिर मार्कस रासफोर्डले १–१ गोल थपेका हुन् ।
क्रोसियाले मध्यान्तर अघिसम्म इग्ल्यान्डलाई कडा टक्कर दिएको थियो । खेलको ३६ औं मिनेटमा मार्टिन बटुरा र इन्जुरी समयमा पिटर मुसाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । मध्यान्तरपछि इग्ल्यान्ड आक्रामक रुपमा प्रस्तुत भयो र खेल ४–२ ले आफ्नो पक्षमा पार्यो ।
सम्बन्धित समाचार
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीलाई रातो कार्ड
पौडी खेलाडी छनोट विवाद अदालतमा, राखेपको पत्र शंकास्पद
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
इजिप्टको आत्मघाती गोल उपहार पाएपछि हारबाट जोगियो बेल्जियम
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जीत
विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)