क्रियाशील सदस्यता विवादमा गृहजिल्लामै पूर्णबहादुरलाई झट्का
shilapatra.com · Thu Jul 09 09:44:35 GMT 2026

नेपाली कांग्रेसको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका पूर्वकार्यवाहक सभापति पूर्णवहादुर खड्काको गृहजिल्ला सुर्खेतका नेताहरूले आजदेखि धमाधम सदस्यता अद्यावधिक गर्न थालेका छन् । अद्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अद्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले सबै पालिकामा अद्यावधिकका लागि स्थानीय प्रतिनिधिहरूलाई समेत खटाएको छ भने उनीहरूलाई अद्यावधिकका बारेमा प्रशिक्षणसमेत दिएको थियो । खड्कानिकट मानिने कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलले क्रियाशील सदस्यता अद्यावधिक गरेको अद्यावधिक अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)