मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा क्रोएसिया इंग्ल्यान्डसँग पराजित

shilapatra.com · Thu Jun 18 00:04:00 GMT 2026

फिफा विश्वकप फुटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्यान्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।

खेलको १२औँ मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४२औँ मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो ।

खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्यान्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायन्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्‍यो ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

०५:४९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय