उच्चको आदेशपछि खरिद प्रक्रिया यथास्थितिमा
nayapatrikadaily.com · Sat Feb 17 00:43:00 GMT 2024
पुनः प्राविधिक मूल्यांकन सम्बन्धमा परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि द्रुतमार्गको प्याकेज ८ (क), प्याकेज ९ (क) र प्याकेज ९ (ख) को खरिद प्रक्रिया यथास्थितिमा रोकिएको छ । खरिद प्रक्रियाको पुनः प्राविधिक मूल्यांकनमा सारभूत प्रभावग्राही नभएका कम्पनीलाई उत्तीर्ण गराएको भन्दै गत ५ पुसमा पाटन उच्च अदालतमा रिट परेको थियो ।
न्यायाधीश सुदर्शनदेव भट्ट र कृष्णराम कोइरालाको संयुक्त इजलासले गत २४ पुसमा अन्तरिम आदेश जारी गर्दै रिट निवेदन अन्तिम टुंगो नलागेसम्म ‘आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी प्रकाशित गरेको पत्रसमेत कार्यान्वयन नगर्नु–नगराउनु’ भनेको थियो । सोहीअनुसार प्रक्रिया यथास्थितिमा राखिएको छ । त्यसपछि यस मुद्दामा अदालतबाट थप जानकारी नआएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)