पूर्वमा बाढीको वितण्डा : हेवा र सभा खोलामा परी १ को मृत्यु, २१ जना बेपत्ता
newsofnepal.com · Mon Jun 19 00:40:24 GMT 2023
संखुवासभा । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका छन् । बाढीपहिरोले लाखौं रुपियाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।
बाढीपहिरोले हेवाखोलामा रहेको सुपर हेवाखोला हाइड्रोपावर र अपर हेवा हाइड्रोपावरमा ठूलो क्षति पु¥याउनुका साथै त्यहाँ कार्यरत कामदार एक जनाको मृत्य भएको छ भने १८ जना सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो । बाढीपहिरोमा परी घाइते भएका ३ जनाको स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)