भारतमा उत्पादित आँपमा अधिक विषादी, जापानद्धारा खरिद नगर्ने घोषणा
arthasansar.com

जापानले यो वर्ष भारतबाट आँप आयात नगर्ने घोषणा गरेको छ । भारतीय आँपमा फ्युमिगेशन नामक विषादीको मात्रा उच्च मात्रामा भेटिएको भन्दै जापानले त्यस्तो घोषणा गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
जापानको प्लान्ट क्वारेन्टाइन अधिकारीहरूले केही समय निरीक्षण भ्रमणको क्रममा भारतीय किसान र स्टोरहरुमा फ्युमिगेसन र सम्बन्धित उपायहरूमा कमजोरी फेला पारेपछि यो कदम चालेको बताइएको छ । फ्युमिगेशन विषालु ग्याँसबाट कीराहरू मार्ने एउटा तरिका हो । निश्चित मात्रामा त्यस्लाई उपयोग गर्न सकिने भए पनि त्यसको लागि विशेष सावधानी अपनाउनु पर्नेमा भारतीय किसान र स्टोरहरुले मनपरिरुपमा प्रयोग गरिरहेको पाइएको बताइको छ । भारतीय आँपमा अन्य विषादीहरु पनि भेटिएको संचारमाध्यहरुले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)