मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँचौ दिनमा खुल्यो रुरुक्षेत्रको ताला

rajdhanidaily.com · Fri Jul 18 23:25:57 GMT 2025

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलेको छ । शुक्रबार पाँचौ दिनमा जिल्ला सुरक्षा समिति समेतको पहलमा ताला खुलेको हो । नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले विद्यालयमा स्मार्ट बोर्ड खरिद बिषयलाई लिएर असार ३० गते अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

स्मार्ट बोर्ड खरिदको लागि चैत २३ गते रुरुक्षेत्रको गाउँ शिक्षा समिति र २५ गते गाउँकार्यपालिकाबाट निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनमा प्रक्रिया नपुगेको भन्दै एमालेबाट निर्वाचित उपाध्यक्ष सहितका २८ जना जनप्रतिनिधिहरुले अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउनुका साथै एमालेले पालिकामा तालाबन्दी गरेको थियो । खरिद गरिएका बोर्डमा अनियमितता भएको एमालेको आरोप छ । अनियमितता भएको भनी अख्तियारमा उजुरी परेपछि अख्तियारले असारको ९ गते स्पष्टिकरण सोधेको छ । बिषय विवादित बनेपछि उक्त शिर्षकको रकम भुक्तानी भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)