मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानवताविहीन मान्छे

nagariknews.nagariknetwork.com · Thu Jun 18 00:15:11 GMT 2026

कैलाली गोदावरी नगरपालिका–४ बासापानी निवासी ४४ वर्षीया धनादेवी धामी टेम्पु चलाउँथिन्। आमनागरिकका लागि टेम्पु एउटा यातायातको साधन मात्र थियो तर धनादेवीका लागि भने गुजारा चलाउने साध्य थियो र बालबच्चा पाल्ने माध्यम। जीवन चलाउने सहारा बनेको त्यही टेम्पु उनले कर्जाबाट निकालेकी थिइन्। धामीले टेम्पुलाई यातायातको साधन कम व्यापारिक प्रयोजनमा बढी प्रयोग गर्दै आएकी थिइन्। उनले घरनजिकै रहेको भीमदत्त राजमार्गको गाईमारे डाँडास्थित सडक छेउमा टेम्पु लगेर चिया, अन्डा, चाउचाउ, पानीलगायतका सामान बेच्थिन्। त्यसबाट नै उनले दिनको ३/४ हजारको व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्।

वन कार्यालयले वन अतिक्रमित जग्गा हटाउन थाल्यो। त्यस क्रममा वनका कर्मचारीहरूले टेम्पु भिरमा फालिएको कारुणिक दृश्य र समाचार बाहिर आएका छन्। सरकारी जग्गा वा वनक्षेत्र कसैले पनि बिनाअनुमति प्रयोग गर्न वा अतिक्रमण गर्न पाउँदैनन्। कुनै व्यक्ति वा संस्थाले त्यसरी जग्गा अतिक्रमण गरेका छन् भने त्यसलाई हटाउने जिम्मेवारी राज्यका निकायहरूको नै हो। त्यसका आफ्नै कानुनी प्रक्रिया, विधि र प्रबन्धहरू छन्। कानुनको अनभिज्ञता नागरिकका लागि पनि क्षम्य हुँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय