पत्रकार महासंघको चुनाव : काठमाडौं शाखाको मतगणनामा विष्टलाई प्रारम्भिक अग्रता
ratopati.com · Fri Dec 13 20:07:00 GMT 2024

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । केन्द्रीय कार्यसमिति अध्यक्षतर्फ काठमाडौं जिल्ला शाखाको मत गणनामा प्रेस सेन्टरसहितको गठबन्धनका साझा उम्मेदवार रमेश विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।
काठमाडौं शाखाको १७९मत गणना हुँदा विष्टले ९५ र नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यवसायिक प्यानलकी उम्मेदवार निर्मला शर्माले ६४ मत प्राप्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)