गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
gorkhapatraonline.com · Mon May 25 05:04:51 GMT 2026

बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हलमा अधिवेशन हुनेछ ।
जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय ध्वस्त भएपछि कृषि मन्त्रालयको हललाई अस्थायी प्रदेशसभा बैठकस्थल बनाइएको हो । प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफल सुरु गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)