मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा हतियार निर्यात रोक्न १० प्यालेस्टाइनी एनजीओले गरेको अपिल डच अदालतद्वारा खारेज

ratopati.com · Fri Dec 13 21:10:00 GMT 2024

काठमाडौं । डच अदालतले इजरायलमा हातहतियार निर्यात रोक्न भनी परेको एउटा अपिल खारेज गरिदिएको छ । हेग जिल्ला अदालतले नेदरल्याण्डद्वारा इजरायलमा भइरहेको हतियार निर्यात र प्यालेस्टाइनी क्षेत्रमा रहेका इजरायली बस्तिमा भइरहेको अवैध व्यापार रोक्न भनी १० गैरसरकारी संस्था (एनजीओ)ले गरेको अपिल खारेज गरिदिएको हो ।

अदालतले राज्यका नीतिमा यस्ता केही छुटहरुको व्यवस्था रहेको र यसमा न्यायालयले हस्तक्षेपको हतारो गर्नु पर्ने कारण नरहेको भनी आदेश गरेको बताइएको छ । आदेशमा, ‘राज्यमा सैन्य र दोहोरो उपयोगवाला सामान निर्यातमाथि पूर्ण प्रतिबन्ध लगाउनु पर्ने कुनै कारण छैन । सबै दाबी खारेज गरिएको छ’ भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)