मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल : इंग्ल्यान्डको शानदार सुरुवात, केनको दुई गोल

arthasansar.com

इंग्ल्यान्डले विश्वकप फुटबल २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा शानदार जित निकालेको छ । बिहीबार बिहान सकिएको खेलमा उसले क्रोएसियालाई ४–२ ले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनको २ गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक–एक गोल गरे । जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ । डालास स्टेडियममा भएको खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दे इंग्ल्यान्डले जित हात पारेको हो । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दे अग्रता दिलाएका थिए । पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)