मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी

barnanmedia.com · Fri Dec 13 21:51:29 GMT 2024

काठमाडौँ, २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिनुभयो ।

उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गर्नुभयो । यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गर्नुभयो । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको निर्वाचन संयोजक लम्सालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)