मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्याइयो थापाथलीको बागमती नदी किनार (तस्बिरहरू)

setopati.com · Mon May 25 05:13:13 GMT 2026

थापाथलीको बागमती नदी किनार सम्याइएको छ।

सुकुम्बासी बसोबास गर्दै आएको संरचनामा डोजर चलाएपछि खण्डहर बनेको बागमती किनार सम्याइएको छ।

अहिले यो ठाउँ खुला मैदानजस्तो देखिएको छ।

गत महिना सरकारले डोजर चलाएर यहाँको वस्ती हटाएको थियो। यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई अहिले होल्डिङ सेन्टरमा राखिएको छ।

सरकारले १५ दिनभित्र लगत संकलन गरी उनीहरुको दीर्घकालीन व्यवस्थापन गर्ने भनेको थियो।

तर स्थायी व्यवस्थापन अझै भएको छैन।

तस्बिरहरूः

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)