मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

barnanmedia.com · Mon May 25 05:05:15 GMT 2026

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।

दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो । विपन्न तथा पिछडिएको समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)