पोर्चुगल र कंंगोको खेल बराबरीमा
nepalnews.com · Thu Jun 18 00:43:30 GMT 2026

काठमाडौ । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिकांश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
फिफा
काठमाडौँ