मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप महिला टी–२० मा पाकिस्तानको लगातार दोस्रो हार

hamrakura.com · Thu Jun 18 00:00:00 GMT 2026

काठमाडौँ । विश्वकप महिला टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो हार बेहोेरेको छ ।

इङ्गल्याण्डमा जारी विश्वकपको पहिलो खेलमा भारतसँग पराजित भएको पाकिसतान दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको हो ।

बर्मिङघममा भएको खेलमा पाकिस्तान २ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १२६ रन बनायो ।

कप्तान फातिमा सानाले ३८ बलमा अविजित रहँदै ५५ रन जोडिन् ।

चार खेलाडी रनआउट भए ।

जवाफमा दक्षिण अफ्रिकाले १६.५ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो । एन्नेरी डेर्सकेनले ५२ रन बनाइन् ।

समूह एमा भारत दुवै जितसहित शीर्ष स्थानमा छ भने पाकिस्तान पुछारबाट दोस्रो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय