अवकाश कोष सञ्चालन सम्झौता
gorkhapatraonline.com · Thu Jun 18 00:48:30 GMT 2026

नागरिक लगानी कोष र एभरेस्ट बैङ्क लिमिटेडबिच बैङ्कका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।
सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैङ्कका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गर्नुभयो । सम्झौतामा बैङ्कका स्थायी, अस्थायी तथा करारसेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ । कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैङ्कबाट प्राप्त रकम र विवरण अनुसार खाता अद्यावधिक गर्ने तथा बैङ्कको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)