मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा

barnanmedia.com · Thu Jun 18 00:50:19 GMT 2026

विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई थुनामा राख्न आदेश गरेको हो । आदेश अनुसार दुवै जनालाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

तत्काल प्राप्त आधार र प्रमाणका आधारमा दुवैलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न विशेषले आदेश गरेको हो । दुवै प्रतिवादीउपर जिल्ला अदालत काठमाडौँमा बिमा र धितोपत्र कसुरका मुद्दा पनि विचाराधीन छन् । यस्तै उच्च अदालत पाटनमा बैङ्किङ कसुरको मुद्दा पनि विचाराधीन छ । तीन वटै मुद्दाको थुनछेक प्रक्रिया सुरु भएको छैन । गत बिहीबार भट्ट र अग्रवालसमेत विरुद्ध चार वटा मुद्दा तीन अदालतमा दायर भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)