मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

२०२६ दिपल एस०५ प्लसको बिक्री सुरु, स्मार्ट लक्जरी इलेक्ट्रिक एसयूभी नेपाली बजारमा उपलब्ध

arthadabali.com · Mon May 25 05:24:12 GMT 2026

काठमाडौँ / नेपालका लागि दिपल ब्रान्डका फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धिले २०२६ मोडेलको दिपल एस०५ प्लसको बिक्री औपचारिक रूपमा सुरु गरेको छ।

उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्च सुरक्षा विशेषतासहित प्रस्तुत गरिएको उक्त स्मार्ट लक्जरी इलेक्ट्रिक एसयूभीलाई सेग्मेन्टमै उच्च प्रदर्शन दिने मोडेलका रूपमा कम्पनीले उल्लेख गरेको छ।

रियर ह्विल ड्राइभ प्रणालीसहित आएको यो एस०५ प्लसमा ९९ किलोवाटको मोटर रहेको छ, जसले ३२० एनएम टर्क उत्पादन गर्छ। यसले WLTP अनुसार ४०५ किलोमिटर रेन्ज दिने क्षमता राख्छ।

चार्जिङ क्षमतामा समेत यो मोडेल उत्कृष्ट मानिएको छ। यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने दाबी गरिएको छ। साथै, ६ किलोवाट भेहिकल टु लोड सुविधामार्फत बाह्य उपकरणहरूमा पनि विद्युत आपूर्ति गर्न सकिन्छ।

डिजाइन पक्षमा आईएफ डिजाइन अवार्ड २०२५ विजेता संरचनासहित लाइन डिजाइन, फ्रेमलेस डोर र फ्लस ह्यान्डलले गाडीलाई आकर्षक बनाएको छ। इन्टेरियरमा १५.४ इन्च फुल एचडी टचस्क्रिन, ८ सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलर एम्बियेन्ट लाइटिङ सुविधा समावेश छन्।

सुरक्षा पक्षमा ५-स्टार यूरो NCAP रेटिङ प्राप्त गरेको यस मोडेललाई उच्च स्तरको सुरक्षित इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।

नेपाली बजारमा यो गाडी ५३ लाख ९९ हजार रुपैयाँ मूल्यमा बुकिङ तथा खरिदका लागि उपलब्ध रहेको Deepal S05 Plus वितरणकर्ताले जनाएको छ।

सम्बन्धित विषय:

# दिपल एस०५

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)