मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदुवा–हलेदोका १८३ रैथाने जात परीक्षणका लागि रोपियो

gorkhapatraonline.com · Mon May 25 05:26:12 GMT 2026

सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ । रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्यसहित नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको हो ।

कार्यक्रमअन्तर्गत अदुवाका ६३ वटा, पहेँलो हलेदोका १०५ वटा तथा कालो हलेदोका १५ वटा जर्मप्लाज्म परीक्षणका लागि रोपिएका छन् । उक्त परीक्षणमार्फत रैथाने जातहरूको संरक्षण तथा वृद्धि, उत्पादन क्षमता र स्थानीय हावापानीसँगको अनुकूलन क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिसयोग्य जात पहिचान गर्ने लक्ष्य राखिएको अनुसन्धान कार्यक्रमका संयोजक डा. घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)