भारतमा ‘अवैध’ बंगलादेशी र रोहिंग्यालाई देश फर्काउने प्रक्रिया सुरु
baahrakhari.com · Mon May 25 05:28:00 GMT 2026

काठमाडौं । भारतको पश्चिम बंगालमा सत्तामा आएको नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको सरकारले राज्यका सबै जिल्लामा ‘होल्डिङ सेन्टर’ बनाउने आदेश दिएको छ । भारतमा अवैध रूपमा बसोबास गरिरहेका तथा ‘डिपोर्ट’ गरिनुपर्ने बंगलादेशी नागरिक र रोहिंग्या शरणार्थीका निम्ति ती होल्डिङ सेन्टर प्रयोग गरिनेछ ।
केही दिनअघि मात्र पश्चिम बंगाल सरकारले ‘अवैध’ बंगलादेशीलाई अब अदालतमा पेस नगरिने, बरु उनीहरूलाई बंगलादेश फिर्ता पठाउन सिधै सीमा सुरक्षा बलमा बुझाउने आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ