क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
kendrabindu.com · Thu Jun 18 01:00:12 GMT 2026

काठमाडौं । चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ ।
समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिए । उनले भने “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ, चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ