नक्कली एसपी पक्राउ
barnanmedia.com · Thu Jul 09 10:35:42 GMT 2026

आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे भन्दै मान्छेलाई दिन्थे धम्की परे सिंहदरबार अगाडि बाट पक्राउ।
जिल्ला प्रहरी परिसर काठमाडौले आफू "अपराध महाशाखाबाट SP दिलिप घिमिरे" बोलेको भनि सर्वसाधारणलाई धाक धम्की दिने, दुख हैरानी दिने र प्रहरिले सोधपुछ गर्दा प्रहरीसँग नै विवाद गरी अभद्र व्यवहार गर्ने नुवाकोट घर भइ काठमाडौं, बुढानिलकण्ठ बस्ने वर्ष ३८ को राज कुमार आलेमगरलाई काठमाडौं सिंहदरवार अगाडीबाट पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ