चांगान अटो अब रोनाल्डोको टिमको ग्लोबल पार्टनर
arthadabali.com · Mon May 25 05:42:08 GMT 2026
काठमाडौँ / चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटो माेवाइलले पोर्चुगल राष्ट्रिय फुटबल टोलीसँग ऐतिहासिक रणनीतिक साझेदारी गर्दै अफिसियल ग्लोबल पार्टनर बनेको छ। यो साझेदारीसँगै चांगानले अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड उपस्थिति थप सशक्त बनाउने संकेत दिएको छ।
गत शुक्रबार लिस्बनस्थित सिदाद दो फुटेबलमा आयोजित कार्यक्रममा चांगानले Portuguese Football Federation सँगको सहकार्य घोषणा गरेको हो। उक्त टोलीमा विश्वप्रसिद्ध फुटबलर Cristiano Ronaldo, Bruno Fernandes, Bernardo Silva, João Félix तथा Rafael Leão आबद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)