‘सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार’-प्रश्रय राजभण्डारीका तीन मुख्य एजेन्डा
kalakarmi.com · Thu Jul 09 10:57:29 GMT 2026

काठमाडौं- ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनका सन्दर्भमा आयोजित प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो समूहका मुख्य एजेण्डा सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रा एजेण्डा र योजनाबारे मैले पटक–पटक भन्दै आएको छु। सर्वप्रथम सुरक्षा व्यवस्थापन, दोस्रो डिजिटल ठमेल र तेस्रो कम्युनिकेशन हो। हामी तपाईंहरू र हाम्रोबीच प्रभावकारी सञ्चारको वातावरण सिर्जना गर्न चाहन्छौँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)