वैदेशिक रोजगार विभागको सक्रियताः एकै दिन ९ जना पक्राउ
clickmandu.com · Thu Jun 18 01:14:07 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ । विभागका अनुसार यही असार ३ गते मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् ।
पछिल्लो विवरण अनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। यसै गरी, नौ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्रलगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ