खनाल-नेपाललाई ४ नेताको सुझाव - अबको आवश्यकता केपी सरकारको बहिर्गमन, अरु दलसँगको सहकार्य
shilapatra.com · Thu Jun 03 17:39:42 GMT 2021
नेकपा एमालको खनाल–नेपाल समूहका चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न नसकिने सुझाव दिएका छन् ।
पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा र विजय पौडेल प्रकाश ज्वाला र केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले केपी ओलीले संविधानमाथि आक्रमण गरिरहेको ठहर गर्दै अब मिल्न नसकिने सुझाव दिएका हुन् । उनीहरूले ध्यानाकर्षण पत्र जारी गर्दै ओली नेतृत्वको सरकार संकटमा परेको र उनको लोकप्रियता पनि समाप्त भइसकेको बताएका छन् । उनीहरूले उनी विदेशी शक्तिको आडमा टिकिरहेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)