विद्यार्थी तान्ने केयू-काइदा
nepalnews.com · Thu Jun 18 01:15:52 GMT 2026

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सेजले चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस)मा पहिलो पटक शतप्रतिशत विदेशी विद्यार्थी भर्ना पाएको छ। सिट क्षमताअनुसार भर्नादर पुर्याउन कन्सल्टेन्सीसँग सहकार्य गर्न थालेपछि विदेशी विद्यार्थीको सिटमा शतप्रतिशत भर्ना पाएको हो।
केयू स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. मनोज हुमागाईंका अनुसार विगतमा एउटा ब्याचमा तीनचार जनादेखि बढीमा १८ जनासम्म मात्रै विदेशी विद्यार्थी भर्ना हुन्थे। “यसपालि पहिलो पटक कोटा पूरा भयो,” उनी भन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)