प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता
abhiyandaily.com
काठमाडौं । प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता गरिएको छ । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने र विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यावहारिक शिक्षा प्रदान गर्ने लगायत विषयमा सहकार्यका लागि दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र कलेजका बीबीए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु क्यापिटलले विद्यार्थीलाई शेयर बजारसम्बन्धी विभिन्न तालीम प्रदान गर्नुका साथै विभिन्न सेवामा सहुलियत दिनेछ । यस्तै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने विषयसँग सम्बन्धित रहेर सहकार्य गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)