पर्साबाट ३७० किलोग्राम गाँजा बरामद
himalpress.com · Thu Jun 18 01:17:17 GMT 2026

काठमाडौँ- पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ ।
प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारी बरामद गरिएको हो ।
यस घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)