सभामुख अर्यालले भेटे उपराष्ट्रपति यादव, के भयो कुराकानी ?
nagariknews.nagariknetwork.com · Mon May 25 05:45:26 GMT 2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर सभामुख अर्यालले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)