विश्वकपमा मेसीको ह्याट्रिक
gorkhapatraonline.com · Thu Jun 18 01:24:44 GMT 2026

लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ ।
मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात ग¥यो । अमेरिकाको कान्सास सिटीमा रहेको एरोहेड रङ्गशालामा उपस्थित ६९,०४५ दर्शक सामु ३८ वर्षीय मेसीले आफ्नो २०० औँ अन्तर्राष्ट्रिय खेललाई विशेष बनाउनुभयो । समूह ‘जे’ अन्तर्गत भएको खेलमा अल्जेरियाविरुद्ध खेल्दै मेसी छ विश्वकप खेल्ने पहिलो खेलाडी पनि बन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)