यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत
lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको नाटकीय खेलमा घानाले पानामालाई १–० ले पराजित गरेको छ। खेलको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी केलेब यिरेन्कीले गरेको गोल घानाका लागि निर्णायक बन्यो, जसले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएको हो ।
अतिरिक्त समयको पाँचौँ मिनेट (९५ औँ मिनेट) मा भएको यो गोलले पानामाको पहिलो विश्वकप अंक जोड्ने सपना चकनाचुर पारिदियो । यसअघिका तीन खेलमा हार बेहोरेको पानामा यसपटक इतिहास रच्ने निकै नजिक पुगेको थियो, तर अन्तिम क्षणको असावधानीले उसलाई फेरि निराश बनायो।
खेलभरि दुवै टोलीले खासै प्रभावकारी आक्रमण गर्न सकेका थिएनन् ।
यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप शुरूआत गरेको छ ।
अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।
सन् २०१८ को रसिया विश्वकपबाट डेब्यु गरेको पानामाको यो दोस्रो विश्वकप सहभागिता हो ।
आफ्नो दोस्रो विश्वकप यात्रामा अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिएको पानामाले रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा गोल खान पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा