ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु
lokaantar.com

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१० का ३० वर्षीय महेश डंगोल रहेका छन्।
अस्पतालले जारी गरेको संक्षिप्त विवरणअनुसार हालसम्म ट्रमा सेन्टरमा ३८ जना बिरामी भर्ना भएका थिए। तीमध्ये उपचारपछि २१ जना डिस्चार्ज भएका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पताल रिफर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)