राष्ट्रपति रनिङ शिल्डको उपाधि बर्दिबासलाई
gorkhapatraonline.com · Mon May 25 06:07:46 GMT 2026

महोत्तरी जिल्लामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्दिबास नगरपालिकाले जितेको छ । महोत्तरी जिल्ला खेलकुद विकास समिति, जलेश्वरको आयोजनामा शुक्रबारदेखि जलेश्वरस्थित रंगशालामा सुरु भएको प्रतियोगिता आइतबार साँझ सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका आठ वटा पालिकाबाट ७ सयभन्दा बढी खेलाडी सहभागी भएको खेलकुद विकास समिति जलेश्वरका सभापति सत्येन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, कबड्डीलगायतका खेल समावेश थिए ।
एथलेटिक्सअन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर तथा ३००० मिटर दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, रिले दौड तथा जेभलिन थ्रोलगायतका प्रतिस्पर्धात्मक विधा सञ्चालन गरिएको थियो । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको खेलकुद विकास समितिका सचिव सुभाषलाल कर्णले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)