मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सैन्य भर्ती रोक्न रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री श्रेष्ठको के संवाद भयो ?

ekantipur.com · Fri Mar 08 00:41:34 GMT 2024

काठमाडौँ — रुसी सेनामा नेपालीहरूलाई गैरकानुनी रूपमा भर्ती गरेकामा सरकारले रुससमक्ष आफ्नो असन्तुष्टि दोहोर्‍याएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार मस्कोमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँगको टेलिफोन संवादमा नेपालको विमति दर्ज गरेका हुन् ।

उक्त संवाद रुसी सेनामा गैरकानुनी रूपमा नेपालीहरूलाई भर्ती गरिएको सम्बन्धमा नेपाल सरकार र रुस सरकारबीच भएको दोस्रो उच्च तहको छलफल थियो । यसअघि युगान्डाको राजधानी कम्पालामा माघ पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री वर्सिनिन सर्गेई वसिलिइविचसँगको भेटमा नेपालका तर्फबाट असन्तुष्टि जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)