बांगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
nepalnews.com · Mon May 25 06:08:36 GMT 2026

ढाका। मध्य बांगलादेश प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।
फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर-पश्चिममा पर्ने टाङ्गैल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)