एक वर्षपछि जोडि बन्दै अञ्जना र महेश
kalakarmi.com · Thu Jul 09 11:18:28 GMT 2026

काठमाडौं– एक वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘परान’ दर्शकले अत्यधिक रुचाएका फिल्म बन्न सफल रह्यो । फिल्ममा अभिनेता महेश त्रिपाठी तथा अभिनेत्री अञ्जना बराइलीको जोडिलाई पनि दर्शकले अति नै मन पराएका थिए । यिनै अभिनेता त्रिपाठीका लागि टर्निङ प्वाइन्ट बन्यो भन्दा फरक नपर्ला ।
अहिले अञ्जना तथा महेशलाई पुनः एक पटक जोडिको रुपमा देखिने भएको छ । बिहीवार घोषणा गरिएको यो नयाँ फिल्म ‘आशा’ मा अञ्जना र महेश जोडिको रुपमा देखिन लागेका हुन् । फिल्म घोषणाका लागि बाँसबारी, काठमाडौंस्थित रामालय इभेन्ट्समा एक कार्यक्रम आयोजना गरिएको छ । राजीव गुरुङको लेखक तथा निर्देशकमा बन्न लागेको फिल्ममा शर्मिला थापा निर्माताको रुपमा रहेकी छिन् । उडान स्टुडियोको लगानीमा फिल्म निर्माण हुने घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)