रास्वपाको वरिष्ठ नेता बन्ने तयारीमा अमरेशकुमार सिंह
barnanmedia.com · Thu Jul 09 11:18:06 GMT 2026

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बन्ने भएका छन् । रास्वपाको नेतृत्वले सिंहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । यससम्बन्धी औपचारिक घोषणा भने केही दिनभित्र हुने बताइएको छ ।
सिंहसँग रास्वपा नेतृत्वको विभिन्न चरणमा छलफल भएको र उनी पार्टीमा आबद्ध हुने सहमति नजिक पुगेको स्रोतको दाबी छ । पार्टीले उनको लामो राजनीतिक अनुभव, संसदीय अभ्यास र राष्ट्रिय राजनीतिमा रहेको सक्रियतालाई ध्यानमा राख्दै वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)