मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगार विभागको सक्रियताः एकै दिन नौ जना पक्राउ

aarthiknews.com

काठमाडौं। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ। विभागका अनुसार मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्।

पछिल्लो विवरण अनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। यसै गरी, नौ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्रलगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय