मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थापाथलीमा सुकुम्बासी बस्ती हटेपछि खुला भयो बागमती नदी करिडोर, सफाइ अभियान सहज हुने

nepalbahas.com · Mon May 25 06:06:34 GMT 2026

थापाथलीमा सुकुम्बासी बस्ती हटेपछि खुला भयो बागमती नदी करिडोर, सफाइ अभियान सहज हुने

११ जेठ, काठमाडौं । सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ । वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो ।

बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालन गरिएको खाली गराउने अभियानपछि अहिले नदी किनार सफा, व्यवस्थित र खुला देखिएको छ । पहिले बाक्लो टहरा, साँघुरा र फोहोरले भरिएको क्षेत्र अहिले खुला मैदानजस्तै देखिन थालेको छ । थापाथली क्षेत्र बागमती करिडोरको महत्वपूर्ण भाग मानिन्छ । नदी किनार अतिक्रमणका कारण वर्षेनी बाढी, फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । बस्ती हटाइएपछि करिडोर क्षेत्रको सौन्दर्य बढ्नुका साथै नदी सफाइ अभियानलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आफूहरू वर्षौँदेखि बस्दै आएको स्थानबाट हटाइँदा वैकल्पिक आवासको व्यवस्था छिटो हुनुपर्ने उनीहरूको माग रहेको छ । मानव अधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले बस्ती हटाउँदा पुनःस्थापनाको स्पष्ट योजना आवश्यक पर्ने बताएका छन् । उनीहरूका अनुसार विकास निर्माणसँगै नागरिकको आधारभूत आवास अधिकारलाई पनि प्राथमिकता दिनुपर्छ ।

महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र शहरी सौन्दर्य सुधारका लागि अभियान आवश्यक रहेको जनाएको छ । आगामी दिनमा करिडोर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, पैदलमार्ग र सार्वजनिक उपयोगका संरचना निर्माण गरिने योजना रहेको बताइएको छ । थापाथली सुकुम्बासी बस्ती हटाइएपछि अहिले उक्त क्षेत्रको दृश्य पूर्ण रूपमा बदलिएको छ । पहिले अव्यवस्थित र भीडभाडयुक्त देखिने नदी किनार अहिले खुला, सफा र व्यवस्थित देखिन थालेको छ। तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

फिचर

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

चितवनमा इन्धन करविरुद्ध स्कुटर–मोटरसाइकल डोर्‍याएर विरोध

जेठ १०, २०८३ आइतबार

फिर्के खोलामा डोजर लगाउँदा जे देखियो

जेठ १०, २०८३ आइतबार

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिको दर्शन

जेठ १०, २०८३ आइतबार

नेपालबहस ट्रेन्डिङ

बिहारको मतदाता सूचीमा नाम, पर्साबाट वंशजको नागरिकताः पर्सा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न

नेपालबहस संवाददाता

जेठ १०, २०८३ आइतबार

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

नेपालबहस संवाददाता

जेठ ८, २०८३ शुक्रबार

बैंकिङ क्षेत्रमा बढ्दो मानसिक दबाब र असुरक्षाविरुद्ध कर्मचारी संगठनहरूको चेतावनी

नेपालबहस संवाददाता

जेठ ८, २०८३ शुक्रबार

भारतीय रिजर्भ बैंकद्वारा सरकारलाई २९.९ अर्ब डलर ‘अधिशेषको स्थानान्तरण’ गर्ने

नेपालबहस संवाददाता

जेठ ८, २०८३ शुक्रबार

Tweets by nepalbahas

लोकप्रिय

बिहारको मतदाता सूचीमा नाम, पर्साबाट वंशजको नागरिकताः पर्सा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न

जेठ १०, २०८३ आइतबार

सदनमा प्रधानमन्त्रीको उपस्थित र सभामुखको पेल्ने नीतिविरुद्ध एक भएर प्रतिकार गर्ने विपक्षीको निर्णय

जेठ १०, २०८३ आइतबार

भारतीय केरा आयात ‘आईपी’ मा करोडौं चलखेलः क्वारेन्टाइन प्रमुखविरुद्ध अख्तियारमा उजुरी, फलफूल व्यवसायी आन्दोलित

जेठ १०, २०८३ आइतबार

छुटाउनुभयो कि?

विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

जेठ ११, २०८३ सोमबार

थापाथलीमा सुकुम्बासी बस्ती हटेपछि खुला भयो बागमती नदी करिडोर, सफाइ अभियान सहज हुने

जेठ ११, २०८३ सोमबार

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

जेठ ११, २०८३ सोमबार

सविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक

जेठ ११, २०८३ सोमबार

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संकलन

जेठ ११, २०८३ सोमबार

पूर्व प्रधानमन्त्री देउवाको पक्राउ पुर्जीविरुद्धको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा

जेठ ११, २०८३ सोमबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय