उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
baahrakhari.com · Mon May 25 06:18:44 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार (जेठ ११) बिहान काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा भेटवार्ता भएको हो ।
भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)