मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

ratopati.com · Fri Dec 05 18:20:54 GMT 2025

सिरहा । सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार स्थलगत अनुगमन गरेको छ ।

चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)