बालेन र कुलमान पुनः निर्णायक वार्तामा
ratopati.com · Thu Dec 25 17:23:33 GMT 2025

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच बिहीबार राति पुनः निर्णायक वार्ता भइरहेको छ ।
उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङ र बालेनबिच बिहीबार बिहान पनि भेट भएको थियो । सोही भेटमा पुनः वार्ता गर्ने सहमति भएपछि अहिले दुबैबिच छलफल चलिरहेको हो । कुलमान निकट स्रोतका अनुसार करिब एक घण्टादेखि वार्ता जारी छ, तर वार्ता भइरहेको स्थान खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)