भालु क्षति पुर्याउँदै अघिअघि, वनका कर्मचारी पछिपछि
ekantipur.com · Thu Dec 25 17:23:00 GMT 2025

ताप्लेजुङ — पुस ७ गते शनिबार बिहान फुङलिङ नगरपालिका-९ हाङदेवा बुङकुलुङका भगिमान गुरुङका दुईवटा खसी, एउटा माउबाख्रो र एउटा पाठो गरी चारवटा पशुचौपाया मृत भेटिए । कुनैको रगतमात्रै पिएको, कुनैको पेट उदारेर छोडेको अवस्थामा देखिएपछि जङ्गली जनावरले मारेको आशङ्का गाउँलेले गरे ।
यतिबेला लेकबाट भालु औलतिर झर्ने र उसले पशुचौपायामा यसरी नै क्षति पुर्याउने भएकाले त्यही आशङ्कामा डिभिजन वन कार्यालयका कर्मचारीलाई खबर गरियो । पशुचौपाया क्षतिको अवलोकन र भालु नै भए त्यसले थप क्षति पुर्याउने भएकाले सहयोगका लागि अनुरोध गरेको स्थानीयले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)