दुबईमा १६ घण्टा काम ८ घण्टाको मात्र तलब
rajdhanidaily.com · Tue Feb 27 23:13:40 GMT 2024
काठमाडौं । मकवानपुरका रामबहादुर रुम्बा राम्रो कमाइ हुने प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । घरको आर्थिक अवस्था र परिवार पाल्ने र कमाएर घरपरिवारलाई सुखसुविधा दिने अठोट गरेर काठमाडौंमा रहेको प्याराडाइज इन्टरनेसनल प्रालिमार्फत विभिन्न चरणमा गरी रुम्बालगायत ७० जनाभन्दा बढी नेपाली कामदार यूएईको सीआरसी कम्पनी क्लिनरको कामका लागि पुगेका थिए ।
मेनपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ बुझाएर त्यहाँ पुगेका उनीहरू अहिले सम्झौताअनुसारको काम र तलब नपाएपछि तनावमा छन् । मेनपावरले उनीहरूलाई ८ घण्टा काम गरेबापत ८ सय दिराम तलब दिने भनेको थियो । तर, १६ घण्टा काममा पेलाएर ८ घण्टाको मात्र तलब दिने गरेको र आफूहरूमाथि रोजगारदाताले श्रम शोषण गरेको पीडितले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)