सरकार फेरबदलले लुम्बिनी प्रदेशका ८७ सांसदमध्ये ४३ जना भए मन्त्री
kendrabindu.com · Thu Sep 10 01:10:16 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता अहिलेसम्म प्रदेशमा ४ मुख्यमन्त्री र ४३ जना मन्त्री बनेका छन् । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८३ जना छन् । तीमध्ये ४३ जना मन्त्री र ४ जना मुख्यमन्त्री बनेका हुन् । एक जना सभामुख र एक जना उपसभामुख छन् । त्यस्तै ७ वटा विषयगत समिति छन् ।
प्रत्यक्ष र समानुपातिक गरी प्रदेश सभामा निर्वाचितमध्ये मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र ७ वटा विषयगत समितिका सभापतिसमेत गरी प्रदेश सभा सदस्यबाहेकको सुविधा प्राप्त गर्न बाँकी ३१ जना मात्र छन् । विषयगत समितिका सभापतिहरू पनि मन्त्री बन्न सक्ने भएकाले मन्त्री बन्न बाँकी सांसदको संख्या भने ३८ जना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)