G7 सम्मेलनमा ट्रम्पद्वारा मोदीको प्रशंसा, टिप्पणीले विश्वभर चर्चा पायो !
barnanmedia.com · Thu Jun 18 02:02:12 GMT 2026

फ्रान्सको Évian मा आयोजित G7 शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति Donald Trump ले भारतीय प्रधानमन्त्री Narendra Modi को प्रशंसा गर्दै उनलाई “ एन्जेल जस्तै देखिने तर अत्यन्त कडा वार्ताकार ” भनेर वर्णन गरेका छन्। ट्रम्पले मोदीलाई “ सुन्दर व्यक्तित्व भएका तर निकै दृढ र प्रभावशाली नेता ” भन्दै व्यापार तथा कूटनीतिक वार्तामा उनको क्षमता उल्लेख गरेका थिए।
ट्रम्पको “ He looks like an angel, but he’s as tough as a killer ” भन्ने अभिव्यक्तिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। विश्लेषकहरूले उक्त टिप्पणीलाई शाब्दिक अर्थमा नभई मोदीको कडा नेतृत्व शैली र वार्ताकौशलको प्रशंसाका रूपमा व्याख्या गरेका छन्।
दुवै नेताबीच व्यापार, सुरक्षा सहकार्य तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा पनि छलफल भएको जनाइएको छ। ट्रम्पले अमेरिका- भारत सम्बन्धलाई “ पहिलेभन्दा अझ नजिक ” रहेको पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)